Khabar Board
Flash logo up side
flash header

युक्रेनमा एक महिने संकटकाल घोषणा हुँदै

एजेन्सी । गम्भीर संकटमा फसेको युक्रेनले संकटकाल घोषणा गर्ने भएको छ । युक्रेनको राष्ट्रिय सुरक्षा परिषद् (नेसनल सेक्युरीटी काउन्सिल) ले संकटकाल लगाउने निर्णय गरेको हो ।

दोनेत्स्क र लुहान्स्क क्षेत्रबाहेक सबै क्षेत्रमा संकटकाल लगाउने निर्णय गरेको वरिष्ठ सुरक्षा अधिकारी ओलेक्सी डानिलोभ सुरक्षा परिषद्को बैठकपछि बताए । दोनेत्स्क र लुहान्स्कमा युक्रेनी फौजले पहिलेदेखि नै रुस समर्थित पृथकतावादीसँग लडाइ गरिरहेको छ ।

संकटकाल सुरुमा ३० दिनसम्म रहने उनले बताए ।

यद्यपि, यो कदमलाई युक्रेनी संसदले अनुमोदन गर्नुपर्नेछ ।

बीबीसीबाट ।

यातायात कार्यालय हेटौँडा
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.