Khabar Board
Flash logo up side
flash header

बैतडीको सुर्नया गाउँपालिकाका केहि जनप्रतिनिधि र कर्मचारी भ्रमणमा, स्थानीयद्वारा बिराेध

Nirbachan m

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाका केहि जनप्रतिनिधि र कर्मचारी अन्तरपालिकास्तरिय भ्रमणमा निस्केका छन् । जनप्रतिनिधिहरुको कार्यकाल सकिन केहि समयमात्रै बाँकीरहदा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु भ्रमणमा निस्केका हुन् ।
वडा नं २ का वार्ड अध्यक्ष हर्क पाण्डे, ४ का वार्ड अध्यक्ष दिनेश भट्ट, वडा नं २ का वार्ड सदस्य प्रकाश लुहार, वडा नं १ की वार्ड सदस्य पुस्पा पाल चन्द, वडा नं ३ की वार्ड सदस्य हेमा भट्ट, वडा नं २ की समाजिक परिचालक दमन्ती ऐर, न्यायिक समितिमा कार्यरत राम सिह महरा, लघुउद्यम बिकास कार्यक्रममा कार्यरत धर्म मडै, रोजगार शाखाका प्राबिधिक लोकेस बिष्ट, रोजगार साखा प्रमुख सुरेन्द्र धामी लगायतको टोली भर्मणमा निस्केको हो ।

गत पुसमा बसेको कार्यपालिका बैठकबाट अन्तरपालिकास्तरिय भ्रमणमा जाने निर्णय भएको पनि बताइएको छ । लेखाशाखाबाट भुक्तानी लिएर भ्रमणको टोली कैलाली गईसकेको छ । भ्रमण टोलीले पेस्कीको रुपमा ५ लाख दिएको लेखाशाखा प्रमुख प्रेम राजभट्टले बताए ।

यता प्रमुख प्रशासकिय अधिकृत कमलापती भट्टले भने गाउँपालिका अध्यक्ष उपाध्यक्ष, कार्यपालिका सदस्य सहितको १६ जनाको कार्यपालिका टोली र ५ जनासम्म कर्मचारीहरु  भ्रमणमा जाने निर्णय गरिएको बताए । तर निर्णय भएअनुसारका प्रतिनिधिहरु भ्रमणमा कार्यक्रममा समाबेस छैनन् ।

Center article

अन्तरपालिकास्तरिय भ्रमणकाे रुपमा गइरहेको भ्रमणमा रहेका वार्ड नं ४ का वार्ड अध्यक्ष दिनेश भट्टले बताए । अन्तिम कार्यकाल भएपनि अबआउने जनप्रतिनिधिहरुलाई पनि सुझाब सल्लाह दिनकोलागि भ्रमणमा गएको भट्टले बताए । “सुरुका वर्षदेखि नै भ्रमणमा जाने योजना थियो, विविधकारणले रोकिएको हो, अहिले निस्केका छौ, उहाले भन्नुभयो, “हाम्रो अन्तिम कार्यकाल भएपनि अब आउने प्रतिनिधिहरुलाई सुझाब सल्लाह दिन सकिने छ ।” ।
गाउँपालिका अधयक्ष बिर बहादुर बिष्टले कार्यपालिकाबाट अनुशिक्षण भर्मणको रुपमा जाने निर्णय भएको र केहिसाथीहरु भ्रमणमा गएको बताए ।

गाउँपालिकामा स्थानीयद्वारा बिराेध भइरहेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.