Khabar Board
Flash logo up side
flash header

लोक सेवाद्वारा प्रशासनतर्फ १० सहसचिवको नाम सिफारिस

Nirbachan m

काठमाडौँ । लोक सेवा आयोगले १० जना सहसचिवहरूलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

आयोगले शुक्रवार साँझ नेपाल प्रशासन सेवा राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा उत्तीर्ण ती सहसचिवहरूलाई बढुवा नियुक्तिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।

Center article

आयोगको विज्ञापन नम्बर १६६५४/०७८-७९ मा आन्तरिक प्रतिस्पर्धाबाट १० जना माग भएकोमा अन्तर्वार्ताको लागि छनौट भएका १४ जना उम्मेदवारमध्ये अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतबाट उत्तीर्ण सहसचिवहरूलाई एकमुष्ट योग्यताक्रमसहित सिफारिस भएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.