Khabar Board
Flash logo up side
flash header

सर्वोच्चमा बसेका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेरै लागेको ओलीको दाबी

Nirbachan m

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरू एमालेलाई सिध्याउन खुलेरै लागेको टिप्पणी गरेका छन् ।

एमाले सम्बद्ध प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठन(पिपिएलए)को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधानबाहिर गएर फैसला गरेको पुष्टि गरिसकेका बताए ।

ओलीले भने–पाँच जनाको बेन्च बन्छ,दुई जनाले अरू दुई जना अमुक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौँ भनेर छुट्टै आदेश लेख्नुहुन्छ । अमेरिकाबाट पठाएको इमेल पढेका साथीहरू (न्यायाधीश)त यहाँ छैनन् होला र राम्ररी जानकारी राख्ने साथीहरू त छन् । एमाले नढाली नहुने थियो,केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन दिन्न थियो । न्यायधाीशले घरबाटै फैसला लेखेर लैजानुभएको थियो । फैसला पूर्व निर्धारित थियो । इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरू निमित्त पात्र हुन् ।

पूर्व प्रधानमन्त्री ओलीले संसदले प्रधानमन्त्री निर्वाचित गर्नु पर्नेमा अदालतबाटै तोकेर पठाइएकोमा कटाक्ष गर्दै राष्ट्रपतिले नियुक्त गर्ने प्रधानमन्त्री सर्वोच्च अदालतले नै नियुक्त गरेर पठाएको बताए । सर्वोच्च अदालतले स्वेच्छारी निर्णय गर्दै जाँदा न्यायपालिका ध्वस्त भएको ओलीको भनाइ थियो ।

एमालेलाई व्यक्ति चोलेन्द्र शमशेर वा अरू कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत प्रस्ट पारे । उनले बार एशोसियसनका केही पदाधिकारी र वकिलहरूले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय भएको समेत बताए ।

Center article

प्रधान न्यायाधीश राणाले एमालेलाई सहयोग गरेर भनेर महाअभियोग लगाउनेहरूले अरू चार जना न्यायाधीश बार नबोलेको भन्दै सबै न्यायाधीशले सेटिङमा असार २८ को फैसला आएको बताए । ओलीले असार २८ को फैसलाले मुलुकको राष्ट्रिय राजनीतिलाई परमादेशी राजनीति र जनादेशी राजनीतिमा विभाजित गरेको समेत बताए ।

अध्यक्ष ओलीले एमालेले अनुशासन उल्लङ्घन गर्ने र फ्लोर क्रस गर्ने सांसदहरूलाई कारबाही गरेर पठाउँदा सर्वोच्च अदालतले एमालेको दसौँ महाधिवेशन आयोजक समिति कानुनले नचिन्ने फैसला गरेको बताए ।

कानुनको दफाको परिभाषा र कानुन पनि नहेरी जहाँनेर एमालेविरुद्ध फैसला गर्नुपरेको छ,घरबाटै ल्याएको फैसला पढेर सुनाइएको उनले बताए । न्यायाधीश प्रकाशमान सिंह राउतले कानुन नै नहेरी एमालेले कर्णालीका चार सांसदमाथि गरेको कारबाही बदर गरेका थिए । तर पछि कानुन हेरेर अदालतले सच्याएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.