Khabar Board
Flash logo up side
flash header

कञ्चनपुरको भीमदत्त नगरपालिकालाई अब ‘बाह्रसिङ्गा नगर’ का रुपमा चिनाइने

Nirbachan m

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई अब ‘बाह्रसिङ्गा नगर’ का रुपमा चिनाउने अभियान थालिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको घरका रुपमा परिचित छ ।

सयौँको सङ्ख्यामा रहेका बथानका बथान बाह्रसिङ्गाले धेरैको मन तान्छन् । अन्तर्राष्ट्रिय पहिचानसमेत भएको बाह्रसिङ्गालाई अब भीमदत्तको ब्रान्ड बनाउने घोषणा नगरपालिकाले गरेको हो ।

यहाँ आउने हरेक यात्रुलाई चुरे पहाड, झोलुङ्गे पुल, शुक्लाफाँटालगायतका पर्यटकीय स्थलले आकर्षित गर्छन् । त्यसमा पनि बाह्रसिङ्गा खास हो । त्यसैले शुक्लाफाँटा पर्यटन महोत्सवको अवसरमा भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गरिएको हो ।

आर्थिक २०७८/०७९ को नीति तथा कार्यक्रममा भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित बाह्रसिङ्गा चौराहामा प्रमुख विष्टले भीमदत्तलाई ‘बाह्रसिङ्गाको नगर’ घोषणा गर्नुभयो ।

Center article

नगरपालिकालाई चिनाउन भीमदत्तले बाह्रसिङ्गासहितको लोगो बनाएको छ । उक्त लोगोलाई नगर प्रमुख विष्टले सार्वजनिक गर्नुभएको हो ।

‘बाह्रसिङ्गा भीमदत्त नगरको ब्रान्ड बनेको छ,’ उहाँले भन्नुभयो, ‘बाह्रसिङ्गासहितको लोगो तथा पोस्टर सबै कार्यालय, चोकहरू, पसलहरूमा राख्न लगाउँछौं, बाह्रसिङ्गाको व्यापक प्रचारप्रसार गराउँछौँ ।’

नगरपालिकाका सबै प्रकाशनहरूमा बाह्रसिङ्गाको लोगो राखिने नगर प्रमुख विष्टले जानकारी दिनु भयो ।
शुक्लाफाँटामा २ हजार २ सय ४८ को सङ्ख्यामा बाह्रसिङ्गा रहेको अनुमान छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.