Khabar Board
Flash logo up side
flash header

प्रहरीमा थपिएको नयाँ तीन पदमा बढुवाको तयारी

Nirbachan m

नेपाल प्रहरीको नयाँ तीन पदमा बढुवाका लागि तयारी थालिएको छ । प्रहरीमा हालै थपिएको वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पदमा बढुवा गर्न लागिएको हो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार २०६६ देखि २०७१ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक पदमा बढुवा भई कार्यालय/मातहतमा कार्यरत रहेका प्रहरी नायब निरीक्षकहरुको वरिष्ठ नायब निरीक्षकमा बढुवा हुन लागेको हो ।

यस्तै, २०७१ देखि २०७४ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी हवल्दार पदमा बढुवा भई कार्यालय/मातहतमा कार्यरत रहेका प्रहरी हवल्दारहरुको वरिष्ठ हवल्दार र २०६४ देखि १५ असोज २०७० सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नियुक्ति भई कार्यालय/मातहतमा कार्यरत रहेका प्रहरी जवानहरुको सहायक हवल्दारमा बढुवा हुने भएको छ ।

Center article

विभागले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २९ बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन नपाउने अवस्थामा रहेको भए सोको विवरण सहित खुलाई पठाउन मातहतको शाखामा पठाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.