Khabar Board
Flash logo up side
flash header

सुदूरपश्चिम माओवादीको अध्यक्षमा धामी र चौधरीको उम्मेदवारी, मतदान हुँदै

Nirbachan m

धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुंग्याउन आज चुनावी प्रक्रिया सुरु भएको छ। प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि आज ९ जना पदाधिकारी टुंग्याउन धनगढीमा मतदान सुरु भएको निर्वाचन अधिकृत केदारचन्द्र भट्टले जानकारी दिए।

उनका अनुसार फागुन १४ गतेदेखि जारी प्रदेश समिति बैठकबाट सर्वसम्मत पदाधिकारी छनोटको प्रयास भए पनि सफल हुन नसक्दा निर्वाचन भइरहेको हो। २२३ सदस्यीय प्रदेश समितिमा एक जना अध्यक्ष, ३ जना उपाध्यक्ष, एक जना सचिव, ३ जना सहसचिव र एकजना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ।

Center article

अध्यक्ष पदका लागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ (कैलाली) र सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामी (दार्चुला)ले उम्मेदवारी दिएका छन्। अन्गय पदाधिकारीमा पनि उम्मेदवारी परेको छ। गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा सम्मेलनले २२३ जना सदस्य मात्रै छनोट गरेको थियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.