Khabar Board
Flash logo up side
flash header

सुदूरपश्चिम कै सबैभन्दा बढी भ्रष्टचार हुने जिल्लाको सूचीमा कैलाली र बैतडी

Nirbachan m

बैतडी । सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीपछि बैतडी दोस्रो नम्बरमा भ्रष्टाचार बढी हुने जिल्लाको सूचीमा रहेको पाइएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका १० वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पेस गरिएको तथ्याङ्कअनुसार सुदूरपश्चिमका नौवटा जिल्लाबाट परेका एक हजार ३९ वटा उजुरीको छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले बताए।

Center article

अख्तियारका अनुसार कैलालीका २९५, बैतडीका १५८, कञ्चनपुरका १४४, बझाङका ११९, दार्चुलाका ९७, डडेल्धुराका ८१, डोटीका ७७, अछामका ७४ र बाजुराका ४८ गरेर एक हजार ३९ वटा उजुरीमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दिनेशबहादुर खड्काले बताए। गोरखापत्र दैनिकमा खबर छ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.