नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न ७ पदका लागि कर्मचारी मागेको हो ।
इन्स्योरेन्स कम्पनीले चिफ इन्भेष्टमेन्ट अफिसर, चिफ अल्टरनेट सेल्स, रिइन्स्योरेन्स डिपार्टमेन्ट, एजेन्सी ट्रेनिङ हेड, रिजनल तथा ब्रान्च म्यानेजर, सीईओ अफिसका लागि अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी मागेको हो ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन २२ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको वेभसाइट nepallife.com.np/en/career मा गएर आवेदन दिन सकिन्छ ।
नेपालले अबलम्बन गरेको आर्थिक उदारीकरण नीति सँगै आमनेपाली जीवनको सुरक्षा र सम्बृद्धिको चाहनालाई परिपूर्ती गर्ने उद्देश्यले निजी क्षेत्रका ख्यातीप्राप्त औद्योगिक तथा व्यापारिक घरानाहरुको समूहबाट मिति २०५८/०१/२१ मा प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा यस कम्पनी स्थापना भएको हो ।
जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।
चुस्त आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनको माध्यमबाट कम्पनीले सफलताको सोह्रौं वर्ष पार गरी जीवन बीमा व्यवसायको क्षेत्रमा आफूलाई एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।
यस कम्पनीले जर्मनी स्थित विश्वको ख्यातीप्राप्त, पुर्नबीमा कम्पनी ह्यानओभर रि–इन्स्योरेन्स कम्पनीसँग पुर्नबीमा गरेको छ । कम्पनीले आम जनताको सुरक्षा र सम्बृद्धिको चाहनालाई ध्यानमा राख्दै फरक फरक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।
यस क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान स्थापना गर्न कम्पनीले नेपाल लाइफ किनकि जीवन अमूल्य छ… भन्ने ब्राण्डलाई सशक्त बनाउँदै आएको छ ।
यस्ताे छ कर्मचारी आवश्यकताकाे पूर्ण विवरण