Khabar Board
Flash logo up side
flash header

एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हितको प्रत्याभूति हुनुपर्छ : केपी ओली

Nirbachan m

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न एमालेले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी सम्झौता आफूहरुले नगरेको र संसदबाट अनुमोदन गर्दा पनि अनुचित ढंगले अलग राखिएको बताए ।

उनले अघि भने, ‘एउटा सम्झौता संसदबाट पारित भइसकेपछि कार्यान्वयन नगर्ने भन्ने हुन्न । प्रक्रियागत त्रुटि गर्न हुँदैनथ्यो, सरकारले गर्‍यो । तर जसरी भएपनि पास भइसकेपछि कार्यान्वयनमा जानु विकल्प छैन ।’

Center article

अब एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हिको प्रत्याभूति हुनुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।

ओलीले गठबन्धन सरकार विघटन गरेर जनादेशअनुसार अघि बढ्नुपर्ने बताए । उनले अघि भने, यो सरकार बन्न नदिन खोजेको हो, ढाल्न खोज्नु के नयाँ भयो र ?’

नेपाली कांग्रेससँग आफ्नो दलको कुराकानी भएको, तर पार्टीको अडान नछाडेको अध्यक्ष ओलीले बताए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.