Khabar Board
Flash logo up side
flash header

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि गर्न सिफारिस

Nirbachan m

काठमाडौँ

 

श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत वृद्धि गर्न सरकारलाई सिफारिस गरिएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुधवार (आज) सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेस गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलब २५ प्रतिशत बढाउन सिफारिस गरेको हो ।

Center article

हाल पत्रकारको न्यूनतम आधारभूत तलब २४ हजार ५०० रुपैयाँ छ । समितिले न्यूनतम आवश्यकता, बजार भाउमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरूको तुलनात्मक पारिश्रमिक दरको अध्ययन गरी २५ प्रतिशतले तलब वृद्धिको सिफारिस गरेको बताएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.