बैतडी
नेपाली कांग्रेस बैतडीले विधान अनुसार कार्यसम्पादन समिति गठन गरेको छ । जिल्ला सभापति चतुरबहादुर चन्दको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य सम्पादन समिति गठन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । समितिमा ८ जना पछि मनोनित गरिने चन्दले बताए ।
कार्य सम्पादन समितिमा पार्टीका पदाधिकारीका साथै अन्य नेताहरुलाई राखिएको सचिव चन्दले बताए । पाटनमा शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको तेश्रो बैठकले यही फागुन २८ गतेदेखि घर–घरमा कांग्रेस, जन–जनमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै यो अभियान एक महिना सम्म जिल्लाभरी सञ्चालन गरिने सचिव चन्दले बताए ।
यस्तै फागुन २६ गते शिवनाथको सुल्लेखानमा आमसभाको आयोजना गर्ने र त्यसमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको सहभागिता रहने चन्दले बताए।
जिल्ला कार्य सम्पादन समितिका सदस्यहरुको नामावली: 














