कैलाली उपसभापति, सचिव र सहसचिवको हजार मतगणना, कसको कति ?

Image

धनगढी

नेपाली काँग्रेस कैलालीको सभापतिको मतगणना सकिएसंगै अन्य पदाधिकारीको गणना सुरू भएको छ। आज बिहानदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म एक हजार गणना भएको छ।

उपसभापतिमा भीम बडुवाल र खेम चौधरीको अग्रता छ। बडुवालले ५६७ र थारुले ३५९ मत पाएका छन्। बडुवाल नारायणदत्त भट्ट र थारु प्रकाशबहादुर बम प्यानलका उम्मेदवार हुन्।

सचिवमा बम प्यानलका नृप सुनार र भट्ट प्यानलका केशव मिश्रको अग्रता छ। सुनारले ५८५ र मिश्रले ४०७ मत पाएका छन्। सहसचिवमा कलेशुराम चौधरीले ३९१ र कृष्णराज पाण्डेयले ३३७ मत पाएका छन्।