कैलाली।
दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीको नयाँ नेतृत्व आज चयन भएको छ । समाजका निवर्तमान अध्यक्ष जय वहादुर कुँवर ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
२०७५ सालमा स्थापना भइ बैतडी जिल्लाका भाषा कला संस्कृति, पर्यटन समग्र विकासको लागि तराईमा प्रवर्दनात्मक कार्य गर्ने , उच्च शिक्षा अध्ययनका क्रममा तराइ झर्ने बैतडीका विद्यार्थीको समस्या उजागर गर्ने र सहजीकरण गर्ने, तिनै विद्यार्थीहरुको बौद्दिक विकासका लागि विभिन्न कार्यक्रम तथा तालिमहरु संचालन गर्ने र सकेसम्म अन्य सामाजिक कार्यहरु गर्ने उद्देश्यका साथ स्थापना भएको र सोही उद्देश्य अनुरुप निरन्तर सक्रिय रहेको यस समाजले अगामी कार्यकालको लागि नेतृत्व चयन गरेको हो। स्थापना कालको छोटो समयमा धनगढी क्षेत्रमा समस्यामा परेका सयौ विद्यार्थीहरुको उद्दार गर्ने देखी विभिन्न साना ठुला सामजिक कार्यहरुमा यस संस्थाले कार्य गर्दै आइरहेको छ। 
कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी चेतन बिक्रम चन्दको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। उक्त समितिको उपाध्यक्षमा त्रिनगर माविका विशाल भट्ट र सुदुरपश्चिमान्चल एकेडेमीकी आश्था चन्द, सचिबमा कैलाली बहुमुखी क्याम्पसकि ललिता ओझा त्यसैगरी कोषाध्यक्षमा रोसन कुँवर, सह-सचिव राकेश मडै, सह-कोषाध्यक्षमा निर्मला अवस्थी, सदस्यहरुमा करुणा चन्द, प्रतिभा भण्डारी, सरश्वती महरा, कविता भण्डारी, श्रुती चन्द र प्रविन बिष्ट रहेका छन्। 
यस समाजले अगामी दिनमा आफ्ना गतिविधिहरु तिव्र रुपमा बढाउने र समग्र निरन्तर सक्रिय रहने विद्यार्थीहरुको हकहितका लागि सदैब प्रतिवद्द रहने प्रण गरेको छ।














