प्राथमिक तहको परीक्षा केन्द्र तोकियो, निमावि र माविको कहिले ?

Image

काठमाडौं

शिक्षक सेवा आयोगले २०७८ चैत १९ गतेदेखि सञ्चालन हुने प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ ।

गत माघ २८ गते आयोगले परीक्षा केन्द्र तोकेको हो । प्रदेशअनुसार परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार निम्न माध्यमिक र माध्यमिक तहको लिखित परीक्षाका लागि परीक्षा केन्द्र छिट्टै तोकिने छ।