काठमाडाैं ।
म्याग्दीको धवलागिरी गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराएको छ ।
गाउँपालिकाका सूचना अधिकारी कमल प्रसाद ढकालले वेबटिभी खबरलाई जानकारी गराएअनुसार गाउँपालिकाले ३१ जना इसीडी शिक्षकलाई १५ हजारका दरले मासिक पारिश्रमिक उपलब्ध गराएको हाे ।
त्यसैगरी विद्यालयमा कार्यरत कर्मचारीलाई पनि १५ हजारकै दरले पारिश्रमिक उपलब्ध गराइएको उनले जानकारी दिए ।
संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई स्थानीय तहले सात हजार रूपैयाँ दिनुपर्ने बताएको छ । संघीय सरकारले रू आठ हजार उपलब्ध गराउँदै आएको छ ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा कतिपय स्थानीय तहले शिक्षक र कर्मचरीलाई तोकिएको पारिश्रमिक उपलब्ध गराएका छैनन् ।