Khabar Board
Flash logo up side
flash header

आर्थिक वर्ष २०७९/८० को वजेट तर्जुमाका केन्द्रले माग्याे कर्मचारीको विवरण

Nirbachan m

काठमाडौं ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, योजना तथा अनुगमन शाखाले कर्मचारीको विवरण मागेको छ ।

आर्थिक वर्ष २०७९/८० को वजेट तर्जुमाका लागि सबै शिक्षा विकास तथा समन्वय इकाइसँग कर्मचारीको विवरण आइतबार माग गरेको हो ।

शाखाले आगामी चैन ३ गतेभित्र विवरण केन्द्रको ठेगानामा पठाउन अनुरोध गरेको छ ।

Center article

कार्यालयको स्वीकृत दरवन्दीमा रहेका योगदानमा आधारित निवृत्तिभरण कोषकट्टी हुनुपर्ने कर्मचारीको तह, श्रेणी र पद खुल्ले संख्यात्मक विवरण माग गरेकाे छ ।

त्यसैगरी कार्यालयको स्वीकृत दरबन्दीमा रहेका हलुका सवारी चालक र कार्यालय सहयोगी (स्थायी र सेवा करारका) कर्मचारीको संख्यात्मक विवरण, द्वन्द्वपीडित छात्रवृत्ति र शहीदका छोराछोरीका लागि छात्रवृत्ति विवरणअन्तर्गत गर्नुपर्ने (पत्रमा उल्लेख छ) ढाँचामा छात्रछात्राको संख्यात्मक विवरणलगायत माग गरिएको छ ।

हेर्नुहोस् पत्र

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.