Khabar Board
Flash logo up side
flash header

शिक्षकलाई ४५ दिनको भत्ता, सरुवा, बिदा, विज्ञ सेवामा मन्त्रालयकाे ५१ बुँदे सहमति

Nirbachan m

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच गत फागुन ९ गते सोमबार शैक्षिक सुधारका लागि ५१ बुँदे सहमति भएको छ । मन्त्रालय र महासंघबीच भएका ५१ बुँदे सहमतिलाई शिक्षक र कर्मचारीले सकारात्मक रूपमा लिएका छन् । उनीहरूले सत् प्रतिशत कार्यान्वयन हुनुपर्ने बताएका छन् । केही सहमति यस्ता छन् :

शिक्षकलाई ४५ दिनको भत्ता

मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकको बिदा (४५ दिन) अवधिको समेत दुर्गम भत्ताका लागि प्रबन्ध मिलाउने भएको छ । ‘दुर्गम भत्ताका सम्बन्धमा निजामती सरह प्रबन्ध मिलाउने,’ शिक्षा मन्त्रालयले महासंघसँग भनेको छ ।

शिक्षक सरुवा तथा पदस्थापन

स्थानीय तहले पूर्वाग्रही ढंगबाट गरेको शिक्षक तथा कर्मचारी सरुवा तथा पदस्थापना बदर गर्नुपर्ने महासंघको मागलाई मन्त्रालयले प्रचलित कानुनअनुसार सरुवा तथा पदस्थापना गर्न/गराउन सम्बन्धित स्थानीय तहलाई परिपत्र गर्ने भएको छ । हाल शिक्षा ऐन तथा नियमावली तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार सरुवा तथा पदस्थापन गर्नको लागि सहजीकरण गरिएको छ ।

अस्थायी तथा राहत शिक्षकको विषय

महासंघले शिक्षकको सिकाइ उपलब्धिलाई कार्यसम्पादन स्तरसँग जोड्न मन्त्रालयसँग माग गरेको छ । महासंघको सो मागमा मन्त्रालयले भनेको छ, ‘बुँदा नं ४७ बमोजिम स्थायी शिक्षकको सिकाइ उपलब्धिको आधारमा कार्य सम्पादन मूल्यांकन गर्ने र अस्थायी तथा राहत शिक्षकको कार्य सम्पादन मूल्यांकन गर्ने व्यवस्था मिलाउने ।’

बुँदा नं ४७ मा वर्तमान सिकाइ उपलब्धिलाई आधारको रूपमा मानि त्यसको प्रति वर्ष औषतमा सात प्रतिशत सिकाइ उपलब्धिमा सुधार गरी पाँच वर्षमा विद्यार्थीको न्युनतम सिकाइ उपलब्धि सत्तरी प्रतिशत पुर्याइने बताइएको छ ।

Center article

हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत करारमा कार्यरत कर्मचारीको कार्यसम्पादनको आधारमा करार नविकरण गर्ने अभ्यास सुरुवात गरेको छ । यसअघि शिक्षामा यो अभ्यास सुरुवात हुन सकेको थिएन ।

महिला शिक्षकलाई ६ महिना प्रसूति बिदा

मन्त्रालयले महिला शिक्षकको प्रसूति बिदा निजामती सेवामा व्यवस्था भएअनुसार संघीय शिक्षा ऐनमा व्यवस्था गर्ने तयारी गरेको छ । यही फागुन ९ गते सोमबार महासंघले महिला शिक्षकको प्रसूति बिदा ६ महिना कायम गरी उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको थियो ।

मन्त्रालयले प्रसूति बिदामा रहेको अवधिमा अल्पकालीन रूपमा शिक्षक राख्न आवश्यक अनुदानको व्यवस्था पनि मिलाउने जनाएको छ । हाल महिला शिक्षकले ९८ दिन प्रसूति बिदा पाउँछन् ।

विज्ञ सेवा

महासंघले विद्यालय शिक्षा सेवासँग सम्बन्धित सबै संस्थाले लिने विज्ञ सेवामा विद्यालय शिक्षक अनिवार्य उपस्थिति हुने तथा बाहुल्यता कायम गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेको छ ।

महासंघको मागलाई सम्बोधन गर्दै मन्त्रालयले दातृ निकाय तथा अन्य प्रचलित कानूनमा उल्लेख भएका विषयमा सोही बमोजिम हुने गरी अन्यको हकमा सम्भव भएसम्म विद्यालय शिक्षकको प्रतिनिधित्वमा वृद्धि गर्ने व्यवस्था मिलाउने बताएको छ । हाल प्राठ्यक्रम निर्माण गर्दा, प्रश्नपत्र निर्माण गर्दा र शिक्षक तालिममा विज्ञको रूपमा लिइँदै आएको मन्त्रालयले जनाएको छ ।

सहमति पत्र 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.