Khabar Board
Flash logo up side
flash header

फागु पूर्णिमा यसरी झुमे विदेशी पर्यटक (फोटोफीचर)

Nirbachan m

पोखरा

पोखरामा विदेशी पर्यटकले फागु पूर्णिमा मनाएका छन्। पोखरेलीसँगै विदेशी पर्यटकले पनि एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व फागु पूर्णिमा मनाएका हुन्।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागु पूर्णिमाको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो। पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको रुपमा कार्यक्रम आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए।

महोत्सवमा नाचगान र रङले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे। पहिलो पटक फागु पूर्णिमामा सहभागी कतिपय विदेशीहरु पनि नेपालीहरुसँगै उत्तिकै रमाइलोमा सहभागी भएका थिए। पर्यटकहरु बालबच्चाहरुसँग खुशी भएर रङ हान्न र अविर खेल्नमा ब्यस्त देखिन्थे।

पर्यटकको बढी चहलपहल हुने लेकसाइडको तीन किलोमीटर क्षेत्रमा पर्यटकलाई सहभागी गराई सामुहिक रुपमा होली खेलेर पञ्चे वाजा, गीत संगीतका साथमा फागु खेल्दै गौरीघाट, वाराहीचोक, हल्लनचोक हुँदै खहरेचोक पुगेर महोत्सव सकिएको थियो।

Center article

यस प्रकारको महोत्सवले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्र चलायमान गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले बताए।

महोत्सवको अवसरमा बिभिन्न स्थानमा कन्सर्ट राखिएको थियो। फागु पर्व मनाउने क्रममा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब ५० जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता(डिएसपी) सुन्दरमणी तिवारीले जानकारी दिए।

सुरक्षाका लागी पोखराका मुख्य चोकहरुमा ४ सय भन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.