Khabar Board
Flash logo up side
flash header

अर्थमन्त्रीद्धारा नोटबन्दी गर्ने संकेत, ‘बजारबाट पैसा हरायो, कतै सिरानीमुनी त छैन् ? म खोज्दैछु’

Nirbachan m

काठमाडौं।

अर्थमन्त्री जनार्दन शर्माले पाँच सय र हजारका नोट नोटबन्दी गर्ने संकेत गरेका छन् । नागरिक लगानी कोषको शुक्रबारको कार्यक्रममा बोल्ने क्रममा उनले त्यस्तो संकेत गरेका हुन् ।

पछिल्ला दिनमा धुसखोरी र अवैध कारोबारको ठूलो रकम घर घरमा लुकाइएकाले नोटबन्दी गर्नुपर्ने आवाज उठिरहेको बेला अर्थमन्त्री शर्माले पनि त्यस कुरालाई संकेत गर्दै त्यस्तो रकम खोजिने बताएका छन् ।

नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गर्दै उनले पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको बताए । त्यस्तो पैसा खोज्न थालेको शर्माको भनाई छ ।

उनले तरलताको अभाव सिर्जना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताए । उनले भने, ‘पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन ? भन्ने कुराको खोजीमा म लागेको छु ।’

मन्त्री शर्माले थपे, ‘हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन् ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’ उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए ।

उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फलाई हुने प्रक्रिया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् । पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए ।

Center article

मन्त्री शर्माले भने, ‘बैंक ब्याजदर व्यवसायी अनुकुल हुनुपर्छ भनेर मैले भन्दै आएको छु । उत्पादनमूलुक क्षेत्रमा प्रवाह हुने कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी हुनु हुँदैन भनेर मैले राष्ट्र बैंकलाई सल्लाह दिएको छु ।

बैंकिङ प्रणालीमा बिस्तारै निक्षेप बढ्न थालेकाले तरलताको समस्या केही दिनमै हल हुने उनको जिकिर छ । शर्माले मुलुकले अहिले भोगिरहेको शोधानान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डण्डी तथा डण्डीजन्य बस्तु, खानेतेल, प्लास्टिकलगायतको मुल्य बढेको छ । त्यस्तै ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाँडादर पनि वृद्धि भएको छ । अर्कातिर डलरको बिनिमयदर पनि बढेको छ’ उहाँले भन्नुभयो, ‘त्यसैले यो सबैको चाप भुक्तानीमा पर्न गयो र शोधानान्तरस्थित हामीले सोचेभन्दा केही फरक पर्न गएको हो ।’

मन्त्री शर्माले पछिल्लो समय शोधानान्तर स्थिति सुधार हुन थालेको बताउँदै चाँडै अर्थतन्त्र लयमा आउने विश्वास पनि दिलाए । रेमिट्यान्सको एजेन्ट कमिसनदर कम गराउन पहल भइरहेको तथा रेमिट्यान्स बचतमा १ प्रतिशत ब्याजदर बढी दिएर आकर्षित गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।

नागरिक लगानी कोषलाई धेरे भन्दा धेरै पुुँँजी भित्र्याउन र लगानीकर्तालाई उचित प्रतिफल दिएर आकर्षित गर्न शर्माले निर्देशन पनि दिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.