स्थानीय चुनावका लागि आजदेखि म्यादी प्रहरीमा आवेदन दिन सकिने, कति पाईन्छ तलव?

Image

काठमाडौं ।

आजदेखि स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आवेदन दिन चाहनेल आजदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

४० दिनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने तयारी रहेको छ।

भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदानरनिवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाशरउपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ ।

म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।

म्यादी प्रहरी : आवेदन दिन के के गर्ने ?

सरकारले एक लाख म्यादी प्रहरीका लागि आवेदन आह्वान गरेको छ । स्थानीय तहको निर्वाचन ३० वैशाखलाई लक्षित गर्दै सरकारले एक लाख म्यादी प्रहरीका लागि आह्वान गरेको हो ।

नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागअन्तर्गत भर्ना छनोट शाखाले आज एक सूचना जारी गर्दै म्यादी प्रहरीका लागि भर्ना आह्वान गरिएको जनाएको छ ।

कार्यालयका अनुसार ६ देखि ११ चैतसम्म सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म म्यादीमा भर्नाका लागि निवेदन दिन सकिने छ ।

निवेदन महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर र जिल्ला सबै प्रहरी कार्यालयमा दिन सकिने कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरहको मासिक २२ हजार ६८० रुपैयाँ प्राप्त गर्ने छन् । यो पटक ४० दिनसम्मका लागि ३० हजार ३४० रुपैयाँ खातामा जम्मा हुने कार्यालयले जनाएको छ ।

त्यस्तै खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्नका लागि प्रतिव्यक्ति ६ हजारका दरले उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

त्यस्तै निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीका लागि जाने आउने तयारी स्वरूप प्रतिव्यक्ति एकपटकका लागि १ हजारका दलले उपलब्ध गराउने पनि कार्यालयले जनाएको छ । बीमा लगायतका अन्य सुविधा सरकारले तोके अनुसार हुने बताइएको छ ।

योग्यता

  • दरखास्त फाराम दर्ता गर्ने मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने,
  • नेपाली नागरिक हुनुपर्ने,
  • कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको,
  • कुनै राजनीतिक दलको सदस्य नरहेको,
  • शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको,
  • साधारण लेखपढ गर्न जान्ने ।

प्राथमिकता

  • सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल)मा विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र
  • स्वास्थ्य परीक्षणमा
  • उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्ति,
  • नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू,
  • विदेशी मित्रराष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिक,
  • विगतका निर्वाचनहरूमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक कार्य गरेका व्यक्ति ।

यो पनि
म्यादी प्रहरी : आवेदन दिन के के गर्ने ?