हेटौंडा ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा १ हजार ३ सय २२ जना म्यादी प्रहरी आवश्यक पर्ने भएको छ ।
निर्वाचनमा खटाउनको लागि १ हजार ३ सय २२ जना म्यादी प्रहरी भर्ना गर्न आजबाट आवेदन खुला गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रवक्ता राज कुमार सापकोटाले जानकारी दिएका छन् । प्रवक्ता का अनुसार आजबाट एक हप्तासम्म म्यादी प्रहरीको लागि आवेदन दिन सकिने बताएका छन् ।
म्यादी प्रहरीमा भर्ना हुन कुनैपनि राजनीतिक दलमा सदस्य नभएको र १८ वर्ष देखि ५४ वर्ष उमेर पुगेकाले आवेदन दिन पाउनेछन् । १० वटा स्थानीय तह रहेको मकवानपुरमा १ सय २ वडा रहेको छ । साथै स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा ३ सय ५९ वटा मतदानस्थल राखिने बागमती प्रदेश निर्वाचन कार्यलय हेटौंडाले जनाएको छ ।
कार्यलयले आउँदो चैत १४ गतेसम्म निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावलि सार्वजनिक हुने पनि जनाएको छ भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ रहेका थियो ।