डडेल्धुरा ।
डडेल्धुराको परशुराम नगरपालिका भित्रका सामुदायिक विद्यालय पाँच दिन बन्द हुने भएका छन्। विद्यालयमा कार्यरत अधिकांश शिक्षकहरू शिक्षक सेवा आयोगको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको खुला समावेशी परीक्षामा सहभागी हुने भएकाले पठनपाठमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको भन्दै नगरपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यहीँ चैत्र १४ गतेदेखी १८ गतेसम्म विद्यालयहरू बन्द हुने प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुद्धारा हस्तक्षरित सूचनामा भनिएको छ। यो पाँच दिनको बिदालाई अगामी शैक्षिक सत्रको बिदाबाट कट्टा गरिने समेत सूचनामा उल्लेख छ।
कोरोनाले लामो समय बन्द विद्यालय सञ्चालन भएको केही समयमै फेरी बन्द भएपछि विद्यार्थीको पढाइमा भने समस्या हुने भन्दै निराश भएका छन्।