काठमाडौं ।
शिक्षक सेवा आयोगले यहि चैत १९ गतेबाट सुरु हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षा केन्द्र परिवर्तन गरेको छ । आयोगले आइतबार सूचना जारी गर्दै परीक्षा केन्द्र परिवर्तन भएको जनाएको हो ।
यस्तो छ सूचनामा : शिक्षक सेवा आयोगको मिति २०७८ । १२ । १९ गते सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तथा समावेशी प्रतियोगात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण मिति २०७८/१२/०६ गते प्रकाशन भएकोमा क्र.स. ५५ र ५६ मा कायम गरिएको श्री कोटेश्वर सरस्वती मा.वि. कोटेश्वर(क) र श्री कोटेश्वर सरस्वती मा.वि. कोटेश्वर(ख) को केन्द्रको सट्टा देहाय बमोजिमको रोल नं. सहितको केन्द्र आयोगको मिति २०७८/१२/१३ को निर्णयबाट परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।