प्राथमिक तहको परीक्षा केन्द्र परिवर्तन बारे आयोगले जारी गर्‍यो अत्यन्त जरूरी सूचना

Image

काठमाडौँ ।

शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र परिवर्तन गरेको जनाएको छ।

आइतबार एक सूचना जारी गर्दै आयोगले मिति २०७८/१२/१९ गते सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको केन्द्र परिवर्तन भएको जनाएको हो।

शिक्षक सेवा आयोगको मिति २०७८/१२/१९ गते सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण मिति २०७८/१२/०६ गते प्रकाशन भएकोमा क्र.स. ५५ र ५६ मा कायम गरिएको श्री कोटेश्वर सरस्वती मा.वि. कोटेश्वर केन्द्रको सट्टा देहाय बमोजिमको रोल नं, सहितको केन्द्र आयोगको मिति २०७८/१२/१३ को निर्णयबाट परिवर्तन गरिएको आयोगले जनाएको छ।

यस्तो भनिएको छ सूचनामा : शिक्षक सेवा आयोगको मिति २०७८/१२/१९ गते सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण मिति २०७८/१२/०६ गते प्रकाशन भएकोमा क्र.स. ५५ र ५६ मा कायम गरिएको श्री कोटेश्वर सरस्वती मा.वि. कोटेश्वर (क) र श्री कोटेश्वर सरस्वती मा.वि. कोटेश्वर (ख) को केन्द्रको सट्टा देहाय बमोजिमको रोल नं, सहितको केन्द्र आयोगको मिति २०७८/१२/१३ को निर्णयबाट परिवर्तन गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।