सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बिकृत राजनीति, विद्यार्थीले जलाए प्रिन्सीपलको कुर्सी

Image

महेन्द्रनगर ।

कलेज, बिश्वबिद्धालयहरुमा आफ्नो प्रभुत्व जनाउने उदेश्यले जुन सुकै हर्कत गर्न पछि पर्दैनन्। यसै क्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयमा विद्यार्थीहरुले प्रिन्सीपल कुम्भराज ओझा बस्ने कुर्सी जनाएका छन् ।

सोमबार अनेरास्वियु निकट विद्यार्थीहरुले विश्वविद्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरेपछि अनेरास्वीयु (क्रान्तिकारी) निकट विद्यार्थीहरुले प्रिन्सीपलको कुर्सी जलाएका हुन् ।

विश्वविद्यालयमा राजनितीक दलका भातृ संगठनका विद्यार्थीहरुले कमिटी गठन गर्ने क्रममा भएको होहल्ला नियन्त्रणमा लिन नसकेपछि प्रिन्सीपलको कुर्सी जलाएको अनेरास्वीयु क्रान्तिकारीका कमिटी अध्यक्ष हेमन्त अवस्थीले बताए । विद्यार्थी संगठनहरुले नियमित अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पढाइमा असर पुर्र्याएपछि प्रशासनले कुनै चासो नदिएका कारण कुर्सी जलाउनु परेको उनले बताए ।

विद्यार्थीहरुको पढाइमा असर नपर्ने गरी कार्यक्रम भित्र आयोजना गरिनुपर्ने अनेरास्वियू क्रान्तीकारीको माग छ । कमिटी अध्यक्ष अवस्थीले केही दिन अघि मात्रै प्रिन्सीपल सँग पनी उक्त विषयमा सहमती भएपनी कार्यान्वयनमा नआएपछि कुर्सी जलाउनु परेको बताए ।

यता प्रिन्सीपल ओझाले भने आइतबार मात्रै विद्यार्थीहरुले कार्यक्रम गर्न पाउने निर्णय गरेको बताए । तर केही विद्यार्थीहरु झडपमा उत्रिएकाले थप छानविन भइरहेको उनले बताए ।