शिक्षक सेवा आयोग परीक्षा सुरु, ७ हजार बढी स्थायी शिक्षक भर्ना हुँदै

Image

काठमाडौं ।

स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु भएको छ । आज मावि तहका शिक्षकको परीक्षा सुरु भएको छ । १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि आजबाट परीक्षा सुरु भएको हो ।

आयोगका अनुसार चैत १७ गते निमाविको, १९ गते प्राविको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने छ । आयोगले माविमा १ हजार ५४७, निमाविमा २ हजार ५९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको थियो ।

माविमा मात्रै ३५ हजार ५५६ जनाको आवेदन परेको थियो । परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा पास भइन्छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब पाँच वर्षपछि सञ्चालन हुन लागेको शिक्षक सेवा आयोगको परीक्षाका लागि सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ ।

सम्बन्धित समाचार : आजबाट शुरू भयो स्थायी शिक्षकको परीक्षा: मावि तहको आज, कति छन् परीक्षार्थी?

शिक्षक सेवा आयोगको १७ हजार ३ सय ३२ स्थायी शिक्षकको परीक्षा आज मंगलबारबाट शुरू हुँदै छ । आयोगले आज माध्यमिक तहको शिक्षाको परीक्षा लिन लागेको हो । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरेको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन भरेका छन् । आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।

परीक्षाको सबै तयारी भइसकेको जनाएको छ । परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने नियम बनाएको छ । आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ । आयोगका अनुसार आज मावि, पर्सि १७ गते बिहीबार निम्न माध्यामिक र १९ गते शनिबार प्राथमिक र २१ गते सोमबार आन्तरिक बढुवातर्फको परीक्षा सञ्चालन गर्दै छ ।

आयोगले परीक्षालाई स्वतन्त्र, निष्पक्ष एवं वस्तुनिष्ठ बनाउन आचारसंहिता जारी गरेको सूचना अधिकारी मरहठ्ठाले बताउनुभयो । उहाँका अनुसार सो आचारसंहिता परीक्षामा सहभागी र सरोकार राख्ने सबैलाई लागु हुनेछ ।

करिब पाँच वर्षपछि सञ्चालन गर्न लागेको खुला परीक्षामा सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ । आयोगका अनुसार निम्न माध्यमिक तहमा एक हजार ९ सय १३ र प्राथमिक तहमा ९ हजार ६ सय १ रिक्त दरबन्दीमा शिक्षक छनोटका लागि परीक्षा लिँदै छ । शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने अनुमान गरेको छ ।

आयोगको परीक्षामा सय पूर्णाङ्कको सामान्य परीक्षा हुनेछ । विषयगततर्फको सय पूर्णाङ्कको परीक्षा दिनुपर्छ । सो परीक्षामा ४० प्रतिशत अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुन्छ । माध्यमिक र निम्न माध्यमिक तहभन्दा बढी प्राविमा झन्डै ९ हजार बढी आवेदन माग गरिएको छ । राज्यले हाल माध्यमिक र आधारभूत गरी दुई तहको शिक्षा निर्धारण गरिसके पनि आयोगले अझै पुरानै तीन तहमा विज्ञापन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन तहका शिक्षकको संख्या तोकेर पठाएपछि सोही आधारमा विज्ञापन गरेको आयोगको भनाइ छ । सरकारले १–८ आधारभूत र ९–१२ लाई प्रावि तह उल्लेख गरेको छ । आयोगले परीक्षामा बढी शिक्षक उत्तीर्ण गर्ने अभिप्रायले सबै तहको नमुना प्रश्नपत्र तयारी गरेको छ ।