बलेफी हाइड्रोको आईपीओमा पहिलाे दिनमै कतिले भरे त आवेदनकाे ?

Image

काठमाण्डाैं ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले बुधबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीकाे आईपीओमा पहिलाे दिन नै मागभन्दा धेरै आवेदन परेकाे छ ।

सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्म ४ लाख ३३ हजार ४ सय ७१ जना आवेदकहरुले ५२ लाख २२ हजार ४ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि छुट्याइएकाे भन्दा धेरै हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा चैत्र २१ गतेदेखि ढीलाेमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।