आन्तरिक (प्रयोगात्मक) परीक्षाको प्राप्ताङ्क भर्ने नमूना फाराम तथा निर्देशन २०७८ सार्वजनिक

Image

काठमाडौ ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ले कक्षा ११ र १२ को आन्तरिक (प्रयोगात्मक) परीक्षाको प्राप्ताङ्क भर्ने नमूना फाराम तथा निर्देशन २०७८ सार्वजनिक गरेको छ।

बोर्डले कक्षा १२ का फिजिक्स (१०२२), बायोलोजी (२०२२), क्यामेस्ट्री (३०२२), कम्प्युटर साइन्स (४२८२), र होटेल मेनेजमेन्ट (४४०२) बिषयको बिद्यालयमा संचालन भएको आन्तरिक (प्रयोगात्मक) परिक्षा तोकिएको समय भित्र सम्पन्न गरि बोर्डले उपलब्ध गाराएको सिस्टममा इन्ट्री र रुजु गरि हार्डकपि प्रमाणितगरि बोर्डमा पठाउन समेत निर्देशन दिएको छ।

बिस्तृत जानकारीका लागि कक्षा ११ र १२ को आन्तरिक (प्रयोगात्मक) परीक्षाको प्राप्ताङ्क भर्ने नमूना फाराम तथा निर्देशन २०७८ यहाँ Click गर्नुहोस्।

आन्तरिक (प्रयोजात्मक) परीक्षाको मूल्याइकन सम्बन्ध॒मा ध्यान दिनुपर्नें कूराहरू :
१. कक्षा १९ का Physics (1022), Biology (2022), Chemsitry (3022), Computer Science (4282) र  Hotel Management (4402) विषयहरूमध्ये आपनो बिद्यालयमा आफ्नो विद्यालयमा सञ्चालन भएको विषयहरूको आन्तरिक (प्रयोगात्मक) परीक्षा तोकिएको समयभित्र सम्पन्न गरी बोर्डले उपलब्ध गराएको System मा ईन्ट्री, रुजु गरे पश्चातअन्तमा हार्डकपी प्रमाणित गरी बोर्डको सम्बन्धित कार्यालयमा तोकिएको समयभित्र उपलब्ध गराइ सक्नुपर्नेछ । यस परीक्षाको लागि आन्तरिक परीक्षक सम्बन्धित विद्यालयले व्यवस्था गर्नेछ र वाह्य परीक्षक बोर्डको सम्बन्धित कार्यालयबाट नियुक्त गरिनेछ । उक्त परीक्षाको समय तालिका सम्बन्धमा सम्बन्धित विद्यालयका प्राधानाध्यापकले राष्ट्रिय परीक्षा बोर्डको कार्यालयसँग समन्वय गरी निर्धारण गर्नुपर्नेछ । Biology (2022) विषयको आन्तरिक (प्रयोगात्मक) अङ्क प्रदान गर्दा Laboratory Experiment मा दिएको कूल अङ्कमध्ये Zoology र Botany लाई आधा–आधा अङ्क छुट्याई दुवै विषयको प्राप्त अङ्कलाई एकमुष्ट उल्लेख गर्नुपर्नेछ ।

२. माथि बुँदा नं. १ मा उल्लेखित पाँच विषय बाहेकका अन्य विषयहरुको आन्तरिक (प्रयोगात्मक) परीक्षा तोकिएकै समयभित्र सम्पन्न गरी बोर्डले उपलब्ध गराएको क्थकतझ मा इन्ट्री, रुजु गरे पश्चात् अन्तमा सोको हार्डकपी प्रमाणित गरी तोकिएकै समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । आन्तरिक परीक्षक सम्बन्धित विद्यालयको विषय शिक्षक र वाह्य परीक्षकको हकमा सम्बन्धित विद्यालयको विषय शिक्षक वाहेक सोही विषयमा स्नातकोत्तर गरेको विद्यालयको शिक्षक वा सोही विषयमा स्नातकोत्तर गरी फरक विद्यालयमा अध्यापन गराइरहेको शिक्षकलाई विद्यालयले नियुक्त गर्न सक्नेछ । वाह्य परीक्षक उपलब्ध नभएको खण्डमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकले समेत वाह्य परीक्षकको भूमिका निर्वाह गर्न सकिने छन् । विद्यार्थीको Viva लिने क्रममा सम्बन्धित विषय शिक्षक (आन्तरिक परीक्षक) का अतिरिक्त सोही विषयको अन्य शिक्षक वा वाह्य परीक्षक वा प्रधानाध्यापकको सहभागिता हुनुपर्ने छ ।

३. आन्तरिक (प्रयोगात्मक) परीक्षा सञ्चालन गर्दा विषयगत रुपमा पाठ्यक्रमले निर्दिष्ट गरेको विभिन्न क्रियाकलापहरूलाई समावेश गर्न सकिनेछ ।
४. आन्तरिक (प्रयोगात्मक) विषयको परीक्षाको लागि आवश्यक पर्ने सामग्री र उत्तरपुस्तिका सम्बन्धित विद्यालयले नै उपलब्ध गराउनुपर्नेछ ।

५. परीक्षा नियन्त्रण कार्यालयबाट उपलब्ध नमूना अनुसारको फाराममा उल्लेख भए अनुसारका विवरणहरू खुलाई आन्तरिक (प्रयोगात्मक) परीक्षाको प्राप्ताङ्क भरी पठाउनुपर्नेछ । प्राप्ताङ्क चढाउँदा विद्यार्थीको नाम र रजिष्ट्रेशन नम्बर रुजु गरी चढाउनुपर्नेछ । कुनै कारणवश प्राप्ताङ्क केरमेट गर्नुपर्ने भएमा एकपटक मात्र काटी दुवैतर्फ हस्ताक्षर गरी पठाउनुपर्नेछ । टिपेक्सको प्रयोग गर्न पाईने छैन । आन्तरिक र वाह्य परीक्षकको अनिवार्य हस्ताक्षर गरी प्रत्येक प्राप्ताङ्क फाराममा सम्बन्धित विद्यालयको प्राधानाध्यापकको हस्ताक्षर एवं विद्यालयको छाप अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

६.आन्तरिक (प्रयोगात्मक) विषयको प्राप्ताङ्क भरी पठाउँदा विद्यार्थीको रजिष्ट्रेशन नम्बर अनुसार क्रमबद्ध मिलाई पठाउनुपर्नेछ ।
७. लेटर ग्रेडिङ्ग निर्देशिका, २०७८ अनुसार आन्तरिक मूल्याङ्कनमा तोकिएको ग्रेड प्राप्त नभई वार्षिक परीक्षामा संलग्न भएको विद्यार्थीको परीक्षा रद्द हुने हुँदा यसमा विशेष सजगता अपनाउनुपर्नेछ ।
८. समयमै विषयगत आन्तरिक (प्रयोगात्मक) प्राप्ताङ्कहरू प्राप्त हुन नआई नतिजा रद्द भएमा सम्बन्धित विद्यालयका प्राचार्य स्वयं नै जवाफदेही हुनेछन्।