काठमाडौ ।
ओखलढुंगाको एक बिद्यालयले कार्यलय सहयोगिलाइ चार बर्ष बितिसक्दा समेत तलब नदिएको पाइएको छ। जिल्लाको खिजीदेम्बा गाउँपालिकाको जनज्योति आधारभुत विद्यालयकी कार्यालय सहयोगी दा–डोमा शेर्पाले तलब नपाएकी हुन्।
शेर्पाले आफुुले चार बर्षसम्म तलब नपाएको र श्रम शोषण गरेको भन्दै बिद्यालयका प्र.अ. र विद्यालय व्यवस्थापन विरुद्ध मुद्दा दिएकी छन् । उनले जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा मुद्दा दिएकी हुन् । शेर्पा वि.सं २०६४ साल खिजीदेम्बा ६ को जनज्योति आधारभुत विद्यालय खिजीफलाटेमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी बताइएको छ।
सुरुमा एक हजार तलब सुविधा पाउँदै आएकी उनको पछि तलव पाँच सयले वृद्धि भएर मासिक १ हजार ५ सय पुगेको र वि.सं २०७२ सालको साउन महिनासम्म उनले नियमित रुपमा तलब पाइरहेकी थिइन् । पछि वि.सं २०७२ भाद्र ४ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेर उनलाई बार्षिक ५० हजार तलब दिने निर्णय गरेको थियो । तर त्यो निर्णय पश्चात् विद्यालयले उनलाई कहिले तलब दिएन।
बार्षिक ५० हजार तलव दिने निर्णय भएको ४ बर्षसम्म उनले तलब नपाउदा जीवन गुजारा गर्न अफ्ट्यारो परेपछि बि.सं. २०७६ सालमा उनले बिद्यालय छोडीन। यधपी उनले विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई पटकपटक ताकेता गरिरहिन।
विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई पटकपटक ताकेता गर्दा पनि चार बर्षसम्म तलव नदिएपछि आफुले बाध्य भएर उजुरी दिनुपरेको शेर्पाले बताईन् ।
विद्यालयमा पटकपटक आफुले पाउनुपर्ने तलवबारे ताकेता गर्दा प्रधानध्यापक होमराज तामाङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कामी शेर्पाले विभिन्न बाहना गर्दै आलटाल गरेपछी बाध्य भएर आफुले उजुरी दिनुपरेको शेर्पाले बताईन्।
२०७६ मा बिद्यालय छोड्दा त्यो बेला नै उजुरी दिने सोचमा थिँए तर गाउँठाउँको व्यक्तिहरु भएकाले मुद्धा मामिला बीना नै तवल दिनुहुन्छ भन्ने लागेको थियो ।’ उनले भनिन् । ‘उहाँहरुबाट पनि कतै उजुरी गर्नु पर्दैन चाँडै तलव दिलाइदिन्छौ भनेकै कारण यो बेलासम्म कुरेको थिएँ । जति आग्रह गरेपनि तलव नपाएपछि आखिरमा उजुरी गर्न बाध्य भएकी हुँ ।’ शेर्पाले विद्यालय विरुद्ध जिल्ला प्रशासन कार्यालयमा चैत्र १३ गते उजुरी दर्ता गरेकी छन् ।