काठमाडौं ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न प्रारम्भिक बालविकास केन्द्रको विवरण पठाउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।
बिहीबार केन्द्रले स्थानीय तहलाई पत्र पठाउँदै बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न जरुरी रहेकोले विवरण पठाउन अनुरोध गरेको हो ।
विवरण तयार गरी केन्द्रलाई यहि चैत २२ गतेभित्र इमेल गर्न भनेको छ । यसका लागि आवश्यक सहजीकरण गर्न गराउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पनि सो शाखाले अनुरोध गरेको छ ।
यस्तो छ पत्रमा : प्रस्तुत विषयमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम तथा बजेट तयारीको कार्य अन्तिम चरणमा रहेको र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Intergrated Educational Management Infomation System- IEMIS) मा प्रविष्ट विवरणमा बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न जरूरी भएकाले यर्सेसाथ संलग्न फाराममा उल्लेख भए अनुसारको विवरण तयार गरी उक्त विवरणलाई देहाय अनुसार अनलाइनमा भरी Submit गरिदिनु हुन अनुरोध छ ।
पत्र हेर्नुको लागी यहाँ https://drive.google.com/file/d/1xt2lxDj__CpconPlbkI9aizXAlHHHBgD/view?usp=sharing Click गर्नुहोस्