शिक्षक सेवा आयोगको परीक्षामा काठमाण्डौबाटै खतरनाक सेटिङ, यस्तोसम्म भएको रहेछ!

Image

काठमाडौं ।

शिक्षक सेवा आयोगको जारी परिक्षामा दलालहरुले प्रश्न पत्र आउट गरेको आशंका वढेको छ। तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पुर्यादिने भन्दै पैसाको दलाली भईरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रश्न पत्र आउट भएको आशंका गरिएको हो ।

तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पाईने भन्दै कुराकानी भएको अडियो रेकर्डमा डेढ लाख रुपैयाँ तत्काल र डेढ लाख रुपैयाँ पछि दिँदा हुने जनाईएको छ। दुई जनाको सम्वादमा दिपा नामकी महिलाको नाम लिईएको छ । तर, सम्वाद गर्ने को–को हुन र कहाँबाट प्रश्न पत्र आउँछ भन्ने कुरा खुलेको छैन।

पैसा दिएपछि प्रश्नपत्र पाइन्छ, भन्दै एक ब्यक्तिले अर्का ब्यक्तिलाई पैसा पठाउँन दबाव श्रृजना गरिरहेको अडियोमा सुन्न सकिन्छ। कुरामा कुनै तलमाथि हुँदैन एक सय प्रतिशत प्रश्न पत्र पाईन्छ भन्दै उनले विश्वास दिलाईरहेका छन् । काम नभए तत्कालै पैसा फिर्ता हुने पनि उनले जनाएका छन् ।

अर्को तर्फ सेडेप नेपालका श्रोत ब्यक्ति डा। दत्तात्रय दहालले लेखेको ‘गुरु’ र ‘गुरु टु’ नामको पुस्तकबाटै प्रश्नपत्र आउने भन्दै प्रचार गरिएको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा जुम मिटिङको प्रयोग गरेर उक्त पुस्तक वाहेक अन्य कुनै पनि पुस्तक नपढ्नु भन्दै परिक्षार्थीहरुलाई आश्वास्त पारिएको छ।

भिडियोमा उनै दत्तात्रय दहालले फागुन महिनको २० गतेसम्म गुरु पुस्तक तीन पटक पढिसक्न आग्रह गरेका छन् । ‘यो २० गतेसम्म, यो फागुन महिनाको २० गतेसम्म तपाईले तीन चोटी पढिसक्नोस। त्यसपछि तपाई फेरी यो खालको जाँचमा वस्नोस, अव त्यतिवेला तपाईको परिक्षामा सुधार भएन भने, म त तपाईकै क्लासमा हुन्छुनी त। अनि मलाई भन्नोस। तर तीन चोटी पढिसक्नोस’ उनले भनेका छन्–‘अरु कुनै किताव नहेर्नोस, कुनै पनि । कुनै पनि, मात्रै गुरु वुक पढ्नोस। मात्रै तीन चोटी। यो महिनाको २० गतेसम्म।’

दहालले आफुहरु रणनीतिक रुपमा अगाडि वढेको वताएका छन् । ‘हामी के गर्दैछौ भने रणनीतिक हिसावले, तपाईहरु पास हुनुपर्छ। तपाईहरुलाई यो महिनाभित्र हामीले कोर्ष सक्छौ। सवै कोर्ष सक्छौ। चैत १ गतेदेखि कम्तीमा दुई हप्ता वेलुका यसैगरी दुई घण्टा समय छुट्याउँछौं। आधा समय मुल–मुल कन्टेन्टको वारेमा तपाईहरुलाई भन्छो र आधा समय कैशन एन्सर यहाँबाट गछौं।’ उनले भनेका छन्–‘तर, त्यो आईडि र पासवर्ड जल्ले एड्मिसन गर्नु भाको छ, त्यो भन्दा वाहेकलाई दिन पनि पाउनु हुन्न। त्यहाँ भित्र धेरै सेक्रेट कुराहरु तपाईलाई आउँछ। त्यो भन्दा वढि भन्न मिल्दैन। विशुद्ध परिक्षा केन्द्रित कृयाकलाप हामी गर्छौ।’

उनको यो भिडियो आउट भएपछि देशभर प्रश्नपत्र आउट भएको विषयमा चर्चा छ। खास गरी चैत १५ गते भएको मावि तहको सामान्य परिक्षामा सोधिएका प्रश्नहरु र तिनको गोपनियता र वैधता प्रति प्रश्न उठेको छ।

दहालले लेखेका दुई वटा पुस्तक मध्ये ‘गुरु’ बजारमा उपलब्ध हुनु र ‘गुरु टु’ नामक पुस्तक सम्बन्धित इन्स्टिच्युटमा अध्ययन गर्ने बिधार्थीलाइ मात्र बितरण गरी बजार नपठाउनु र अधिकाशं प्रश्न उही पुस्तकबाट, उही स्वरुपमा अलिकति पनि परिमार्जन नगरी समावेश हुनु संयोग मात्र नभएकोले यस्को निश्पक्ष छानविन गर्नु पर्ने आवाज उठिरहेको छ।

यो पनि ; शिक्षक सेवा आयोगको परीक्षामा एउटै किताबबाट २० वटा प्रश्न हुबहु आएपछि…
यो पनि ; शिक्षक सेवा आयोगको प्रश्नपत्र बजारमा जताततै,अडियो नै बाहिरियो (अडियो-सहित)