Khabar Board
Flash logo up side
flash header

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Nirbachan m

काठमाडौं ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

Center article

कति दिने आवेदन ? यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ? लगानीकर्ताले छिटाेमा चैत्र २१ गतेदेखि ढीलाेमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ? लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

रेटिङ कति ? इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।
काे हाे बिक्री प्रबन्धक ? आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.