Khabar Board
Flash logo up side
Nirbachan aayog

छात्रा बेहोस हुन थालेपछि बैतडीको एक विद्यालयमा पठनपाठन प्रभावित

Nirbachan m

बैतडी ।

छात्रा बेहोस हुन थालेपछि बैतडीको एक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ स्थित रायपुर आधारभुत विद्यालयमा अध्ययनरत छात्राहरु बेहोस हुने समस्या देखिएको हो ।

कक्षा ३, ४, ५, ६ र ७ मा पढ्ने ७ जना छात्राहरुमा करिब छ महिना देखि टाउको दुख्ने, एक्कासी बेहोस हुने, बर्बराउने, रिङ्गटा लाग्ने लगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको विद्यालयका प्रधानाध्यापक भरतबहादुर चन्दले बताए ।

Panacea Education

उनले भने ‘छात्राहरुमा बेहोस हुने समस्या देखिएपछि उनीहरुको स्वास्थ्य जाँच गराउँदा समेत निको नभएको र यसका साथै नजिकको मन्दिरमा पनि पूजापाठ गरिएका छाै ‘ । विद्यालयमा छात्राहरुमा त्यो समस्या देखिएपनि उनीहरु घर फर्केपछि भने सो समस्या नदेखिने गरेको प्रधानाध्यापक चन्दले बताए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.