भूमी सम्बन्धि समस्या समाधान आयोग बैतडीका अध्यक्ष ऐरले पदभार ग्रहण

Image

बैतडी ।

नेपाल सरकारको भुमि समस्या समाधाम आयोग बैतडीका अध्यक्षमा धन बहादुर ऐर (कपील) ले पदभार ग्रहण गरेका छन् । चैत्र ४ गते बसेको मन्त्रीपरिषद बैठकले नियुक्त गरेका ऐरले आज (बुधबार) बैतडी स्थित भुमि समस्या समाधान आयोजको जिल्ला कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती, मालपोट कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय र समुन्वय समितिको कार्यालयका प्रमुखहरुले आयोजना गरेको पदभार ग्रहण कार्यक्रम आयोजना गरेका थिए ।

ऐर अध्यक्ष रहेको आयोगले भुमि नभएका तथा सुकुम्बासी वर्गको नाममा जग्गा प्रदान गरी लालपुर्जा वितरणका लागि काम गर्नेछ । मन्त्रीपरिषदले दिएको जिम्मेवारी कुसलतापुर्वक निर्वाह गरि भुमि नभएका तथा सुकुम्बासीहरुको समस्या समाधानमा आफु केन्द्रीत रहने अध्यक्ष ऐरको भनाई छ । उहाँले भन्नुभयो ‘नेपाल सरकार मन्त्रीपरिषदको बैठकले मलाई विश्वास गरेर भुमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा चयन गरेको छ, मैले उक्त जिम्मेवारी कुसलतापुर्वक उपलब्धिमुलक तरिकाले निर्वाह गर्छु ।’ उनले अगाडी थपे ‘सर्वहारा वर्गको अधिकारका लागि पार्टीगत राजनीति गरिरहेको आफुलाई उनिहरुकै समस्या समाधान गर्ने जिम्मेवारी पाउँदा गौरवाम्बित भएको छु ।

ऐरले जिल्ला स्थित विपन्न–भुमिहीनहरुको हक अधिकार र जग्गा प्राप्तिका लागि आपुले कुनै राजनीतिक पुर्वाग्रह नराखि निष्पक्ष रुपमा काम गर्ने प्रतिवद्धता गर्नुभएको छ । यसअघि नेकपा एमाले नेतृत्वको सरकारका बेला भने भुमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा नरेश विक चयन भएका थिए ।

सरकार परिवर्तन संगै अधिकांश राजनितिक नियुक्तिहरु फेरबदल गर्ने सिल्सिलामा वर्तमान सरकारले बैतडीको अध्यक्षमा ऐरलाई नियुक्त गरेको हो । अध्यक्ष ऐर नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन् । आयोगको जिल्लामा अन्य दुई सदस्य समेत रहने व्यवस्था छ । उनिहरु नियुक्तिकै प्रक्रियामा छन् ।