पाटन नगरपालिकाका एमालेबाट यी हुन् पाँच वडाध्यक्ष उम्मेदवार

Image

बैतडी ।

नेकपा एमालेले आसन्न स्थनीय तहको निर्वाचनका लागि वडा अध्यक्ष उम्मेदवार टुंगो लगाउदै छन् । एमालेबाट पाटन नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षको उम्मेदवार दिपक विष्ट चयन भएका छन् । वडा कमिटीले बिष्टलाई आसन्न स्थनीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बिष्ट एमाले बैतडी जिल्ला कमिटी सदस्य हुन् ।

यस अगाडी एमालेले पाटन नगरपालिका-८ को वडाध्यक्षका लागि नेता हरिदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यता पाटन- ३ को वडा अध्यक्षको उम्मेदवारमा एमालेले जिल्ला कमिटी सदस्य करुणाकर भट्टलाई टिकट दिने निर्णय गरेको छ । किम्तोली अर्थात पाटन नगरपालिका- ७ मा वडाध्यक्षको उम्मेदवार ललित चन्द पुरानै दोहिरिएका छन् ।

उता पाटन नगरपालिका अध्यक्ष ललित ठगुन्नालाई वडा नम्बर ५ को अध्यक्षको उम्मेदवार बनेको छ । अरु वडामा पनि सर्वसहमतीमा उम्मेदवार छनोट गर्ने क्रम जारी छ ।

नगरप्रमुखका लागि पनि नेताहरुको दौड सुरु भइसकेको छ । प्रदेश अध्यक्ष दामोदार भण्डारीको गृह नगर भएकाले पनि एमाले नगरपालिका नै जितको दबावमा छ । अध्यक्ष भण्डारी वडा तहका कार्यक्रमहरुमा आफु नै सहभागी भइरहेका छन् ।

यो पनि : यी हुन् एमालेबाट पाटन नगरपालिकाको मेयरका दाबेदार