बैतडी ।
आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने क्रम सुरु भएको छ । बैतडीमा सबै जसो दलहरुले एक्ला एक्लै उम्मेदवारी घोषणा गरीरहेका छन् । भने केही स्थानीय तहका उम्मेदवार गठनबन्धको निर्णयको पखाईमा छन् ।
एमाले पाटन नगरकमिटीले पाटन नगरपालिको नगरप्रमुखको उम्मेदवारहरुमा चैत्र २४ नै पनि सहमती जुटाउन छलफल गर्ने भएको छ । नगरप्रमुखको पाटन नगरपालिकामा एमालेबाट तीन नेता मुख्य दाबेदार रहेका छन् ।
एमाले बैतडीका उप-सचिव लोकेन्द्र भण्डारी, प्रदेश कमिटी सदस्य पुराना नेता धर्मन्द भट्ट र पाटन नगरपालिका प्रबक्ता तथा वडा नम्बर ९ का वडाध्यक्ष लोक भण्डारी मेयरका लागि मुख्य दावेदार रहेको स्रोतको भनाई छ । प्रबक्ता भण्डारीले ५ बर्ष वडा नम्बर ९ को वडाध्यक्ष पदमा रहि काम गरिसकेको छ भने उप-सचिव भण्डारी लामो समय सासंद दामोदर भण्डारीको स्वकिय सचिव तथा पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेका नेता हुन् ।
प्रदेश कमिटी सदस्य भट्ट पुराना नेता भएको उनको दाबी पनि मेयरमै रहेको प्रष्ट देखिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका नरेश विक काग्रेसका केशब बहादुर चन्दसंग पराजीत भएका थिए ।
यो पनि: पाटन नगरपालिकाका एमालेबाट यी हुन् पाँच वडाध्यक्ष उम्मेदवार