Khabar Board
Flash logo up side
Nirbachan aayog

तयार हुनुस है! फेरी अर्काे लघुवित्तकाे कराेडाैंकाे आईपीओ आउँदै

Nirbachan m

काठमाण्डाैं ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनका लागि अनुमति मागेको छ। लघुवित्तले गत चैत १७ गते नेपाल धितोपत्र बोर्डसँग एफपीओ निष्कासनका लागि अनुमति माग गर्दै निवेदन दिएको हो ।

कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नको लागि अनुमति मागेको हो । बोर्डवाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ।

एफपीओ निष्कासनका लागि युनिक लघुवित्तले शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ।

Panacea Education

बाँकेको कोलपुरस्थि न्युरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त र कञ्चनपुरको श्रीपुर बेलौरीस्थित बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु भएको थियो।

युनिक लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरेपछि बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको हो । युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरी गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो ।

घोडीघोडा लघुवित्त सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी भएको कारण शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।
आवश्यक प्रक्रिया पुरा गरेर बोर्डबाट अनुमति पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.