Khabar Board
Flash logo up side
Nirbachan aayog

उपकार लघुवित्तकाे आईपीओ भर्नु भयाे कि बाँकी छ ? यस्ताे छ वित्तिय अवस्था…

Nirbachan m

काठमाण्डाैं ।

उपकार लघुवित्त वित्तीय संस्थाले आज (चैत २५ गते) शुक्रबार देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको अधिकृत पूँजी ८ करोड रुपैयाँ, जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ र चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ ।

सर्वसाधारणलाई २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको आईपीओमा चैत २५ गते देखि फागुन २९ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ ।

रेटिङ्ग कस्ताे छ ?

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

लघुवित्तले रेटिङ्ग एजेन्सी इक्रा नेपालले २०७८ असार ९ गते रेटिङ्ग प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ असार ७ गतेसम्म कायम रहनेछ ।

कस्तो संस्था हो ?

महिला उपकार मञ्च नामक गैरसरकारी संस्थाको अगुवाईमा उपकार लघुवित्त वित्तीय संस्था २०७४ साउन २५ गते कम्पनी राजिष्टारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । कम्पनीले २०७५ माघ १७ गते नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न अनुमति पाएको थियो ।

२०७५ चैत १ गते देखि औपचारीक रुपले कारोबार शुभारम्भ गरेको लघुवित्तको प्रदेशस्तरको रहेको छ । लुम्बिनी प्रशेद कार्यक्षेत्र बनाएको लघुवित्तको १० वटा जिल्लामा ३२ वटा शाखा कार्यालहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

विपन्न परिवारका महिला तथा पुरुषहरुलाई वित्तीय रुपले साक्षर बनाउँदै स–सानो उद्यम, कृषि उत्पादन, व्यापार, व्यवसाय सञ्चालन गर्न, आय स्रोत, पेशा र व्यवसायका आधारमा सानो रकम लगानी गरी उत्पादनमूलक काममा सरिक गराइ उनीहरुलाई स्वरोजगार र आर्थिक रुपले सबल बनाई सिर्जनशील र स्वावलम्वी समाज निर्माणमा सघाउनु यस वित्तीय संस्थाको मुख्य उद्देश्य रहेको छ ।

यस लघुवित्त वित्तीय संस्थाकोसंस्थापक तथा सञ्चालकहरुमा वित्तीय क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम्व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुभवी प्रतिष्ठित व्यक्तिहरु रहेका छन् । यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११, मा रहेको छ ।

तीन वर्षमा सञ्चित नाफा करिब ३४ करोड पुर्याउने

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ३३ करोड ७० लाख ७ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ५ करोड ९२ लाख ८८ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको थियो ।

Panacea Education

यस्तै चालु आर्थिक वर्ष २०७८/७९ मा लघुवित्तले ११ करोड ४६ लाख २९ हजार रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २० करोड ३७ लाख ७६ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ ८३७ रुपैयाँ र प्रतिशेयर आम्दानी २६० रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४०३ रुपैयाँ र प्रतिशेयर आम्दानी १०८ रुपैयाँ पुग्ने लघुवित्तको अनुमान छ ।

आईपीओ निष्काशन गर्नुको उद्देश्य

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई शेयर वितरण गर्नु परेको लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नु परेको जनाएको छ । त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३६ प्रतिशत अर्थात २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर निष्काशन गरेर चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुर्याउन लागेको हो ।

लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थामो प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ ।

लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको २ करोड ३६ लाख २५ हजार रुपैयाँ मध्ये १ करोड १२ लाख ९० हजार ५० रुपैयाँ भौतिक पूर्वाधार तथा शाखा विस्तारमा, ५० लाख रुपैयाँ पशुपालन तथा कृषि कर्जामा लगानी गर्नेछ ।

यस्तै ५० लाख रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र २३ लाख ३५ हजार रुपैयाँ साना तथा घरेलु कर्जा लगानी गर्ने लघुवित्तले जनाएको छ ।

सञ्चालक समितिमा को को छन्?

लघुवित्त वित्तीय संस्थाको नियमावली अनुसार सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालक १ जना हुने प्रावधान रहेको छ ।

सञ्चालक समितिको अध्यक्षमा शान्तीदेवी ढकाल रहेकी छन् । ढकालसँग लामो सयम महिला उपकार मञ्चको अध्यक्ष भई काम गरेको अनुभव रहेको छ ।

यस्तै सञ्चालक समितिमा सदस्यमा चन्द्रकला न्यौपाने, नितु शर्मा, संगम पन्त (प्रभु बैंकको प्रतिनिधी) आरती पौडेल र राम चरण बि.सी रहेका छन् । बि.सी स्वतन्त्र सञ्चालक रहेका हुन् ।

हाल लघुवित्तको सञ्चालक समितिमा ६ जना रहेका छन् भने आईपीओ निष्काशन पश्चात सर्वसाधारण शेयरधनीहरुबाट २ जना सञ्चालक चयन हुनेछ । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत भने शारदा कुमारी खत्री रहेकी छन् ।

भावी योजना तथा रणनीति

लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउनदै लाने रणनीति लिएको छ ।

लघुवित्तले चालु आर्थिक वर्ष २०७८/७९ मा हाल १० जिल्लामा कार्यक्रम संचालन गरिरहेकोमा थप २ वटा जिल्लामा कार्यक्रम विस्तार गरि १२ जिल्लामा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।

यस्तै लघुवित्तले केन्द्रिय कार्यालयबाटनै शाखाहरुको अनुगमन गरिने व्यवस्था गरिने, कार्यक्रममा विस्तारका क्रममा चालू आर्थिक वर्षमा १५ वटा शाखा थप गरी कूल ४७ वटा शाखा कार्यालय मार्फत ४० हजार सदस्य र २५ हजार ऋणि पुर्याउने लक्ष्य राखेको छ ।

लघुवित्तले ऋण लगानी १ अर्व रुपैयाँले बढाएर २ अर्व ९७ करोड पुर्याउने र बचत पनि ३६ करोड रुपैयाँले वृद्धि गरी १ अर्ब १९ करोड पुर्याउने लक्ष्य रहेको छ । चालू आर्थिक वर्षको अन्त्य सम्ममा कूल खुद मुनाफा ७ करोड पुर्याउने लघुवित्तको लक्ष्य रहेको छ । मेराे लगानीले लेखेकाे छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.