Khabar Board
Flash logo up side
Nirbachan aayog

पश्चिमी र स्थानीय वायुको प्रभावले यी भू-भागमा वर्षाको सम्भावना

Nirbachan m

काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यता बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

भू-भागमात्यस्तै बिहीबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.