काठमाण्डाैं ।
नतिजा सर्वसाधारणका लागि छुट्याइएको आईपीओ गोलाप्रथाबाट १ लाख ६६ हजार ३ सय ४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाएका छन् ।
कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए ।
कूल निष्काशन मध्ये मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।
कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर बिक्री गरेको थियो ।
सिन्धुपाल्चोकको साविकको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जनाएको छ ।
कसरी हेर्ने रिजल्ट ?
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ५ तरिकाबाट हेर्न सकिन्छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडकाे वेभसाइट ,ग्रीन भेन्चर्स लिमिटेडकाे वेभसाइट, मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर र Mr. NEPSE एप्लीकेसनबाट पनि एकै पटकमा धेरै खाताकाे नतिजा (बल्क) मा हेर्न सकिन्छ ।
त्यसैगरी iporesult.cdsc.com.np, बिक्रि प्रबन्धकको साइट ( prabhucapital.com/share-allotment ), बलेफी हाइड्रोपावर लिमिटेडको साइट ( https://balephihydro.com/) बाट समेत नतिजा हेर्न सकिनेछ ।
छिटाे कहाँबाट हेर्ने ?
नतिजा डिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे ( iporesult.cdsc.com.np ) नामक वेभसाइट र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडकाे वेभसाइट globalimecapital.com/ipo-fpo-share-allotment-check बाट हेर्न सकिनेछ ।
यो पनि : बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँडः लक्की नम्बर ९ र ५