Khabar Board

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँडः लक्की नम्बर ९ र ५

काठमाण्डाैं ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ९ र ५ रहेको छ । ९ र ५ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख ६६ हजार ३ सय ४२ जना जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । ३ कित्ता अल्टर रहेको हुनाले २० कित्तामाथिका लागि भर्ने ३ जनाले एक एक कित्ता पाएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ५ तरिकाबाट हेर्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडकाे वेभसाइट ,ग्रीन भेन्चर्स लिमिटेडकाे वेभसाइट, मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर र Mr. NEPSE एप्लीकेसनबाट पनि एकै पटकमा धेरै खाताकाे नतिजा (बल्क) मा हेर्न सकिन्छ ।

त्यसैगरी iporesult.cdsc.com.np, बिक्रि प्रबन्धकको साइट ( prabhucapital.com/share-allotment ), बलेफी हाइड्रोपावर लिमिटेडको  साइट ( https://balephihydro.com/) बाट समेत नतिजा हेर्न सकिनेछ ।

छिटाे कहाँबाट हेर्ने ?

नतिजा डिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे ( iporesult.cdsc.com.np ) नामक वेभसाइट र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडकाे वेभसाइट globalimecapital.com/ipo-fpo-share-allotment-check बाट हेर्न सकिनेछ ।

यो पनि : बलेफी हाइड्रोको आईपीओ बाँडफाँटः तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस् सबैभन्दा छिटाे नतिजा

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.