Khabar Board
Flash logo up side
flash header

जडेजाले पहिलो जित कसलाई समर्पित गरे? धोनीबारे दिए यस्तो प्रतिक्रिया

Nirbachan m

काठमाडौं ।

चेन्नई सुपर किंग्स (सिएसके) ले चार पराजयपछि भारतमा जारी १५ सिजनको आईपीएलमा पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा आरसिबीलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित दर्ता गरेको हो ।

रवीन्द्र जडेजाको कप्तानीमा चेन्नईको यो पहिलो जित हो । उनले यो जित आफ्नी श्रीमतीलाई समर्पित गर्ने घोषणा गरेका छन् । ‘कप्तानको रूपमा यो मेरो पहिलो जित हो । पहिलो जित विशेष छ, त्यसैले म यो जित मेरी श्रीमतीलाई समर्पित गर्दछु,’ जडेजाले खेल सकिएपछि भने, ‘हामीले पछिल्लो चार खेलमा सोचेअनुरूप प्रदर्शन गर्न सकेनौं । तर, अब भने हामी लयमा देखिएका छौँ । ब्याटिङ युनिटको रूपमा सबैले राम्रो गरे । रोबी र शिवमले उत्कृष्ट ब्याटिङ गरे । बलरहरूले पनि राम्रो योगदान दिए ।’

सुरुवाती लगातार चार हारले व्यवस्थापनले जडेजामाथि दबाब दिएको केही समर्थकले आशंका पनि गरेका थिए । यो विषयमा उनी भन्छन्, ‘हाम्रो व्यवस्थापनले मलाई कुनै दबाब दिएको छैन, सधैं मसँग आउँछन् र प्रेरणा दिन्छन् । कप्तानको हैसियतले म अझै पनि सिनियर खेलाडीको मन पढिरहेको छु । माही भाइकहाँ गएर म सधैं छलफल गर्छु । नयाँ भूमिकामा आउन र चीजहरू अगाडि बढाउन समय लाग्नेछ । म अझै पनि सिक्दै छु । र, हरेक खेलमा राम्रो गर्ने प्रयास गरिरहेको छु ।’

Center article

जडेजाले अब यो जित यात्रालाई कायम राख्न पूरा कोसिस गर्ने पनि बताए । ‘हामीसँग ड्रेसिङ रुममा धेरै अनुभव छ । र, हामी आत्तिनुपर्दैन । हामी आफूलाई शान्त राख्ने प्रयास गर्छौं । हामी आफैँलाई समर्थन गरेर सकारात्मक क्रिकेट खेल्ने प्रयास गर्छौं । हामीले गति पाएका छौं । हामी यो गतिलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।’

गएराति मुम्बईको डिवाइ पाटिल स्टेडियममा पहिले ब्याटिङ गर्दै चेन्नईले २१५ रन बनाएको थियो । जवाफमा बैंग्लोरले १९३ रन मात्र बनाउन सक्यो । खराब सुरुवातका कारण बैंग्लोरले खेल गुमाउन पुगेको हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.