काठमाडौं ।
शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना प्रकाशन गर्दै अनुमति पत्रको विज्ञापन खुलाएको जानकारी दिएको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक प्रमाणपत्रसहित वैशाख २९ गतेसम्म अनलाइन दरखास्त दिन सक्ने आयोगले जनाएको छ । त्यस्तै जेठ ५ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने आयोगले जनाएको छ ।
यस्तो छ सूचनामा : शिक्षक सेवा आयोगको मिति २०७८/१२/२९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट मिति २०७८/१२/३० गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली http://license.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालमाली खिचिएको फोटो, दस्तखत नमुना, न्यूनतम याग्यताको लब्थाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र Scan गरी तोकिएको दस्तुर तिरी मिति २०७९ बैशाख २९ गतेसम्म दरखास्त पेस गर्नुपर्नेछ ।
दोब्बर दस्तुरको हकमा मिति २०७९/०२/०५ गतेभित्र दरखास्त भरी पेस गर्नुपर्नेछ । म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारवाही हुनेछैन । दरखास्तमा उल्लेख गरेको विवरण र पेस गरिएका कागजातका सम्बन्धमा उम्मेदवार स्वयं जवाफदेही हुनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेवसाइट www.tsc.gov.np/ डाउनलोड/सूचना।विज्ञापन Tab बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।
यो पनि : खुल्यो मावि शिक्षक लाइसेन्स, यसरी दिनुहोस् आवेदन