काठमाडौं ।
शिक्षा तथा मावन स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले यहि वैशाख ७ गतेभित्र विपन्न लक्षित छात्रवृत्ति फाराम भर्ने र भराउन विद्यालयहरूलाई अनुरोध गरेको छ ।
केन्द्रले २०७८ चैत ३० गते विद्यालयहरूलाई पत्र पठाउँदै सोबारे अनुरोध गरेको हो । चैत ३० गतेसम्म फाराम भर्ने म्याद राखी सूचना प्रकाशित गरिएको र हालसम्म विद्यालयहरूबाट विवरण आउनेक्रम जारी भएकाले सोही मितिबाट लागु हुनेगरी वैशाख ७ गतेभित्र फाराम भरेर केन्द्रको ठेगानामा पठाउन अनुरोध गरिएको छ ।
म्याद थप सम्बन्धित सूचना : आ.व. २०७५ /७९ मा सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९-१२) मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुले PMT (Proxy Means Testing) फाराम भर्न तथा सम्वन्धित विद्यालयहरुले भराउन मिति २०७८/११/०१ गतेको गोरखापत्रमा मिति २०७८/१२/३० गतेसम्म फारम भर्ने म्याद राखी सूचना प्रकाशित गरिएको ।
हालसम्म विद्यालयहरुबाट विवरण आउनेक्रम जारी भएकाले सोहि मितिबाट लागु हुनेगरी मिति २०७९/०१/०७ गतेसम्म ७ दिनको लागि म्याद थप गरिएको व्यहोरा जानकारी गराइन्छ । सो अनुरुप PMT फाराम भरेका र फाराम भर्न बाँकी विद्यार्थी तथा विद्यालयहरुले देहायबमोजिम गर्नु गराउनुहुन निर्णयाअनुसार अनुरोध छ।