Khabar Board
Flash logo up side
Nirbachan aayog

इथियोपियाले साउदी अरेबियाबाट ७ हजारभन्दा बढी नागरिक फर्कायो

Nirbachan m

एजेन्सी । इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ । इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको छ । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरेको छ र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिनेछ ।

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको बताएका छन् । उनले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने जनाएको हो ।

विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । तीमध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ । यसैकारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको बताइएको छ । इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया गएको मार्च महिनादेखि सुरु गरेको थियो ।

त मार्च महिनामा यहाँको सरकारले एक कमिटी गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका लागि एक समिति गठन गरेको थियो । सो समितिले थप अनुसन्धान गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउने विषयमा प्रक्रिया थालेको हो । त्यसपछि यहाँको राष्ट्रिय विमान सेवाबाट नागरिकलाई ओसार्न थालिएको बताइएको छ ।

छिल्ला केही महिनायता यहाँका नागरिकलाई स्वदेश फिर्ता गर्ने विषयमा अभियान इथियोपियाले अभियान थालेको हो । विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने अभियान इथियोपियाले थालेको हो । इथियोपियाका नागरिकहरु विभिन्न देशहरुमा रहेका थिए । तीमध्ये धेरै नागरिक साउदी अरेबियाका रहेका बताइएको छ ।

इथियोपियामा पनि द्धन्द्धका कारण संकट गहिरिएको छ । यहाँका विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन् । यहाँको टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ । यहाँ केही वर्ष यतादेखि द्धन्द्ध जारी रहेको छ ।

 

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.