काठमाण्डाैं ।
बैशाख ४ गते आइतबार ग्रीन भेन्चर्स लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २ सय ७५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि GVL सिम्बाेल पाएकाे छ ।
कम्पनीले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियाे ।
जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो ।
रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १० कित्ता सेयर प्राप्त गरेका थिए ।