मावि लाइसेन्सको परीक्षा सम्बन्धी आयोगले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

Image

काठमाडौं ।

शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि गरेको बिज्ञापन सम्बन्धि आयोगले अर्को सुचना जारी गरेको छ ।

आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने गरि गरेको बिज्ञापन माथि प्रष्ट पार्दै अर्को सुचना जारी गरेको हो।

आयोगको अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने सूचनामा उल्लेख छ । साथै असार १८ परीक्षा सञ्चालन गर्ने भएको छ । त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यवस्था गरेको जनाएको छ ।

यो पनि : खुल्यो मावि शिक्षक लाइसेन्स, यसरी दिनुहोस् आवेदन

यो पनि : यसरी भर्ने शिक्षक लाइसेन्सको अनलाइन आवेदन ?