बैतडी ।
बैतडीको पाटन नगरपालिका वडा नं ८ मा माओवादीका हरिश विष्ट विजयी भएका छन् । विष्ट काँग्रेसका उम्मेदवार रमेश महरालाई पराजित गर्दै ३८ मतले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
२०७४ सालको निर्वाचनमा काँग्रेस संग हारेका हरिश अहिले भने विजयी भएका हुन् । गएको स्थानीय तहको निर्वाचनमा यो वडामा नेपाली कांग्रेसले जित हात पारेको थियो । अन्य ४ जना सदस्यहरु नेपाली काङ्ग्रेस बाट विजयी भएका छन् ।
यो पनि : बैतडीको पाटन ७ मा एमालेका चन्द विजयी
बैतडीको पाटन नगरपालिका वडा नं ७ मा नेकपा एमालेका ललितबहादुर चन्द विजयी भएका छन् । ५१३ मत ल्याएर चन्द विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गगनबहादुर चन्दले ३६९ मत ल्याएका छन् । वडा अध्यक्षमा निर्वाचित ललितबहादुर चन्द गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।