Khabar Board
Flash logo up side
Nirbachan aayog

विद्यालय बिदाबारे इकाइले जारी गर्यो यस्तो सूचना

Nirbachan m

काठमाडौं ।

शिक्षा विकास तथा समन्वय इकाइ चितवनले सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थान गर्न सम्पूर्ण विद्यालयहरूलाई आग्रह गरेको छ ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिन निर्णय गरेकाले सोही अनुसार व्यवस्था मिलाउन इकाइले अनुरोध गरेको छ । चितवन जिल्लामा सञ्चालनमा रहेका सबै विद्यालयहरूलाई सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्न इकाइले आग्रह गरेको हो ।

Panacea Education

आइतबार र शनिबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे बिदाबाट कटौती गरि पूर्ति गर्न इकाइले आग्रह गरेको छ ।

वर्षभरिमा अधिकतम ३० दिनसम्म एकै पटक वा पटक गरेर बिदा दिन सकिने गरि स्थानीय तहले बिदा समायोजन गर्नुपर्ने इकाइले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.